ज्ञानेन्द्र शाहीलाई धम्क्याएपछि माओवादीका नेतालाई कटवालको जवाफ: धाकधम्की नगरेको राम्रो

हिमाल प्रेस ८ चैत २०७९ १७:०३
874
SHARES
ज्ञानेन्द्र शाहीलाई धम्क्याएपछि माओवादीका नेतालाई कटवालको जवाफ: धाकधम्की नगरेको राम्रो

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेताहरूले राप्रपाका प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाहीलाई धमक्याएको विषयलाई लिएर राप्रपाको राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटवालले आपत्ति जनाएका छन्।

केही दिनअघिको संसद् बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थालाई लिएर टिप्पणी गरेपछि माओवादीका नेताहरूले शाहीलाई सामाजिक सञ्जालमार्फत धम्क्याइरहेका छन्।

सोही विषयलाई लिएर कटवलाले पनि सामाजिक सञ्जालबाटै नधमक्याउन चेतावनी दिएका हुन्। कटवलालले आफ्नो पार्टीका प्रवक्ताले लुकेर नभई खुला रुपमै संसद्‌ बैठकमा आफ्नो भनाइ राखेको भन्दै उनले आफूहरू नडराउने जवाफ दिएका छन्।

‘राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कुनै कुनामा लुकेर बोलेका हैन खुलम खुला संसद्‌ भवनभित्र तपाइँहरूको मालिकको अगाडि बोलेको हो सम्भवतः शब्दहरू रेकर्ड नै होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै समाजिक सञ्जालमा धाकधम्कीको शब्द प्रयोग नगरेकै राम्रो। त्यो बेला वाईसिएलको दबदबा हुँदा तँ लडेर हिँडियो अहिले?’

कटवालले माओवादी नेता सुवोध श्रीपाली र राम्रप्रसाद सापकोटालाई मेन्सन गरी धमक्याउने काम बन्द गर्न भनेका छन्।

शाहीले शान्ति प्रक्रियालाई पूर्णता दिने नाममा गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई माफी दिन नहुने बताएका थिए। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक’ प्रतिनिधिसभामा पेश हुने क्रममा शाहीले विरोधको सूचना दिएर बोलेका थिए।

शाहीले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अगाडि माओवादी जनयुद्धलाई आपराधिक युद्ध पनि भनेका थिए।

प्रकाशित: ८ चैत २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =