जातीय भेदभाव अन्त्यको माग गर्दै लुम्बिनीमा प्रदर्शन

हिमाल प्रेस ७ चैत २०७९ १७:५८
20
SHARES
जातीय भेदभाव अन्त्यको माग गर्दै लुम्बिनीमा प्रदर्शन

लुम्बिनी- ५८औँ अन्तर्राष्ट्रिय जातीभेद उन्मूलन दिवस (२१ मार्च) का अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विरोध प्रदर्शन गरेको छ। समाजले मंगलबार तिलोत्तमा नगरपालिस्थित योगीकुटी चोकमा जातीय विभेद तथा छुवाछुत मानवताविरुद्धको अपराध रहेको भन्दै सरकारको ध्यार्नाकर्षण गराउन प्रदर्शन गरेको हो।

सो क्रममा तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुतका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको संवैधानिक व्यवस्थालाई कार्यान्वयन गरी सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि प्रतिबद्ध रहेको बताए। तिलोत्तमा नगरपालिकाभित्र कुनै पनि प्रकारको भेदभाव हुन नदिने पनि उनले बताए।

कार्यक्रममा संविधानसभाका सदस्य विनोद पहाडीले कानूनको पालना गर्नु नै सबैको दायित्व भएको र अझै पनि जातीय विभेद/छुवाछूतका घटना हुनु दुखद रहेको बताए। उनले व्यवहारमा अझै पनि जातीय भेदभाव देखिएको भन्दै स्थानीय सरकारलाई नमूना काम गर्न आग्रह गरे।

त्यस्तै शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले छुवाछुतको मान्यता समाजले नै जर्बजस्त स्थापित गरिरहेको बताए। समतामूलक समाज निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

प्रदर्शनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल, शान्ति समाजका जिल्ला उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे, कार्यक्रम संयोजक लिलाधर लुइँटेलले बोल्दै सबै प्रकारका असमानता र सामाजिक विभेद अन्त्यको लागि सामुहिक पहलमा जोड दिए।

जातीय भेदभावका घटनामा दोषीमाथि कारबाही किन हुँदैन, जवाफ देउ तीन तहको सरकारलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएका थिए।

प्रकाशित: ७ चैत २०७९ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 9 =