कमल खनालको कारुणिक गीत ‘कालो बादल’

हिमाल प्रेस ७ चैत २०७९ १३:२६
616
SHARES
कमल खनालको कारुणिक गीत ‘कालो बादल’

काठमाडौँ- कमल खनालको शब्द र संगीतमा ‘कालो बादल’ गीत सार्वजनिक भएको छ। गीत खनालकै आधिकारिक युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो।

गीतमा उनीसहित सुशीला गौतम, सुप्रिम मल्ल र पूजा देवकोटाको स्वर छ।

मिराज अर्यालको सम्पादन र निर्देशन रहेको गीतको भिडियोमा बलात्कार पीडितले आफ्नो पीडा लुकाएर बस्नुपरेको यथार्थ समाजिकको घटनालाई समेटिएको छ।

भिडियोमा कुलदीप अधिकारी, सोनु सेढाई, सुयोग कट्वाल, सुप्री अधिकारी, खुमबहादुर ओली र रोमन घिमिरेले अभिनय गरेका छन्।

गीतमा कमल सौरागको संगीत संयोजन छ।

 

प्रकाशित: ७ चैत २०७९ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =