गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास

हिमाल प्रेस ७ चैत २०७९ १२:२७
238
SHARES
गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा पुगेर पन्थडिही-कटहरे-हर्मी-साहिलीटार सडकको शिलान्यास गरेका छन्।

उनले विधिवत् रुपमा केहीबेर अघि उक्त सडकको शिलान्यास गरेका हुन्। प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद गण्डकी प्रदेश कांग्रेस संसदीय दलको नेताका सुरेन्द्र पाण्डेलगायतको उपस्थिति छ।

उक्त सडक करिब २० किलाेमिटरकाे छ। प्रधानमन्त्री प्रचण्डसंगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडककाे शिलान्यास गरेका हुन् ।

उनी आजै काठमाडौँ फर्किने कार्यक्रम छ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको छ।

प्रकाशित: ७ चैत २०७९ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =