संसद्‍मा माधव नेपालको प्रश्‍न- निजगढमा विमानस्थल बनाउन ढिलाइ किन भइरहेको हो?

हिमाल प्रेस ६ चैत २०७९ १५:५०
6
SHARES
संसद्‍मा माधव नेपालको प्रश्‍न- निजगढमा विमानस्थल बनाउन ढिलाइ किन भइरहेको हो?

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निजगढमा अन्तर्राष्ट्रिय बनाउन अपरिहार्य रहेको जिकिर गरेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिलाइ किन गरिएको हो? त्रिभुवन विमानस्थलको विकल्प दिने विमानस्थल नै निजगढ विमानस्थल हो। त्यहाँ अहिलेसम्म दुई वटा रन वे बनाउन पनि किन सकिएको छैन?,’ उनले प्रश्न गरे।

नेपालमा योजनाहरू व्यवहारिक र तथ्यपूर्ण रूपमा नगरी गफको भरमा निर्माण गरिँदा त्यसले जनतालाई सेवा दिन नसकेको उनले जिकिर गरे।
यस्तै उनले नेपालमा मलखाद कम्पनी स्थापना गर्न खोजिए पनि त्यो व्यवहारिक नहुने उनको भनाइ छ।

‘नेपालमा मलखाद कम्पनी स्थापना गर्ने कुरा भइरहेको मैले सुनेको छु। तर यो व्यवहारिक छैन। नेपालले मलखाद कम्पनी चलाउन सक्दैन,’ उनले भने।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य राष्ट्रिय गौरवका आयोजना निर्माणमा विज्ञको सुझाव नलिई हचुवाका भरमा निर्माण गरिएको उनले दाबी गरे।

‘रेल, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठूला परियोजना बनाउँदा त्यसको दीर्घकालीन पक्षलाई ख्याल नगर्दा हामीले धेरै घाटा व्यहोरेका छौं,’ उनले भने, ‘अहिले पनि गौतम बुद्ध विमानस्थलभन्दा निजगढमा विमानस्थल निर्माण गर्न जरुरी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =