भारतीय दूतावासले मनायो २१औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस

हिमाल प्रेस ४ चैत २०७९ २१:१४
4
SHARES
भारतीय दूतावासले मनायो २१औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस

काठमाडौँ- भारतीय दूतावासले २१औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाएको छ। काठमाडौँस्थित भारतीय दूतावासमा शनिबार छात्रवृत्ति दिवस मनाएको हो।
कार्यक्रममा विगतका वर्ष र यो वर्ष स्वर्णजयन्ती छात्रवृत्ति पाएका विद्यार्थीलगायत २५० जनाभन्दा बढीको उपस्थिति थियो। कार्यक्रममा शिक्षा मन्त्रालय (विज्ञान तथा प्रविधि) का सचिव प्रमिलादेवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, लगायतको उपस्थिति थियो।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी पनि कार्यक्रममा सहभागी थिए।

राजदूत नवीन श्रीवास्तवले २१औँ ब्याचका स्वर्णजयन्ती छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई दुतावासले विशेष रोल अफ अनर प्रदान गर्ने बताए। भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्णजयन्ती छात्रवृत्ति स्थापना गरिएको हो।

यो योजनाको शुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। सन् २००७ मा छात्रवृत्ति संख्या थपेर १०० पुर्‍याइएको थियो। सन् २०१२ देखि छात्रवृत्तिको संख्या दोब्बर बढेर २०० पुगेको छ। यस योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका ३ हजार जना विद्यार्थी लाभान्वित भएका दूतावासले जानकारी दिएको छ।

प्रकाशित: ४ चैत २०७९ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =