मानव अधिकार तथा शान्ति समाज सुर्खेतद्वारा जनचेतनामूलक कार्यक्रम

हिमाल प्रेस ४ चैत २०७९ २०:४१
18
SHARES
मानव अधिकार तथा शान्ति समाज सुर्खेतद्वारा जनचेतनामूलक कार्यक्रम

सुर्खेत– मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले ‘मेरो फोहोर मेरो जिम्मेवारी’ भन्ने मुल नारासहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले सञ्‍चालन गर्दै आएको यो अभियानको नवौं श्रृंखला शनिबार वीरेन्द्रनगर ९ लाटिकोइलिमा रहेको प्रसिद्ध पर्यटन स्थल काँक्रेबिहार परिसरमा जनचेतनामुलक सरसफाई कार्यक्रम गरेको हो।

जगतमुखी,जीवनमुखी र सेवामुखी उद्देश्यका साथै महिला अधिकार, मानव अधिकारका लागि काम गर्दै आएको यस संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

शान्ति, अहिंसा, लोकतन्त्र र मानव अधिकारका लागि काम गर्दै आएको यस संस्थाले चेतनामुलक काम गरेको यस संस्थाका संस्थापक अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए।

‘बजारका मुख्य क्षेत्र, पानीको मुहान र पर्यटन क्षेत्रहरूमा सरसफाइ गर्दै यो कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भने।

कार्यक्रममा समाजका केन्द्रीय सचिव सभापति प्रकाश शाहीले मन्तव्य राखे। कार्यक्रममा समाजसेवी, वडा सदस्य, स्वास्थ्यकर्मी, सुरक्षा निकायका कर्मचारीलगायत विभिन्न संस्थामा आबद्ध सदस्यहरू उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =