उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतदान (तस्बिरहरू)

हिमाल प्रेस ३ चैत २०७९ १०:१३
22
SHARES
उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतदान (तस्बिरहरू) तस्बिरः दिपेश श्रेष्ठ।

काठमाडौँ- उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा १० बजेदेखि मतदान सुरु भएको हो।

संघतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभातर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे।

संघ र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव, प्रमिला कुमारी र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्। प्रमिला कुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभातर्फ ५५० मतदाता कायम छ। मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्र अगाडि लाइनमा थिए।

उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन्। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

Ram Sahaya yadav

प्रकाशित: ३ चैत २०७९ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =