शिवम् सिमेन्टको ‘शिवम‍्सँग उपहार टन्न’का विजेता घाेषणा

हिमाल प्रेस २ चैत २०७९ २०:३५
10
SHARES
शिवम् सिमेन्टको ‘शिवम‍्सँग उपहार टन्न’का विजेता घाेषणा

काठमाडौँ- शिवम् सिमेन्ट उद्योग सञ्चालक कम्पनीले ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न गरेको छ।

मेगा लक्की ड्रअन्तर्गत भाग्यशाली ६० जना विजेताको नाम सार्वजनिक गरेको हो। कम्पनीले उपभोक्तातर्फ ३० जना र विक्रेततर्फ ३० जना गरी ६० जना विजेता घोषणा गरेको हो।

उपभोक्तातर्फ ४७ तोला तथा विक्रेतातर्फ ४७ तोला सुन उपहार राखिएको कम्पनीले जानकारी दिएको छ। बिहीबार सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत २ भाग्यशाली विजेता काठमाडौँका कृष्ण मानन्धर र उपत्यका बाहिर पोखराका चञ्चल चौधरीले ५–५ तोला सुन पाएका छन्।

दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेशलगायतका ४ जनाले ३–३ तोला सुन जितेका छन्।

त्यस्तै तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्शन प्रालि, हेल्थ एण्ड हाईजनिक प्रालि, अरुण यादव तथा मनोज यादवसहितका ६ जनाले २–२ तोला सुन जिते।

चौथो पुरस्कार ८ जनालाई १–१ तोला सुन तथा अन्य १० जनाले आधा-आधा तोला सुन पाएका छन्। यस अघि भएका मासिक लक्की–ड्रहरूबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेताको छनोट भइसकेको छ।

त्यसमा ४ जोडीले थाइल्याड भ्रमण, ८ जोडीले गोसाईकुण्ड हेली टूर, २० जोडीले माउन्टेन फ्लाईट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औँठी, १६ जनाले सुनको सिक्री, १६ जनाले सुनको औँठी र १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका कम्पनीको भनाइ छ।

त्यस्तै ‘स्योर शट’ पुरस्कारमार्फत पनि २ लाख २५ हजारभन्दा बढी ग्राहकले सुन, चाँदी तथा नगद उपहारबाट लाभान्वित भएका कम्पनीको भनाइ छ।

शिवम् सिमेन्टले गत मंसिर १८ गतेदेखि ‘शिवम्सँग उपहार टन्न’ उपहार योजना सार्वजनिक गरेको थियो। उक्त योजनामा प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकलाई स्क्र्याच कुपन उपलब्ध गराइएको थियो।

उक्त कुपनमा २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का तथा सुनको सिक्री पक्का उपहार राखिएको थियो।

प्रकाशित: २ चैत २०७९ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =