विद्यार्थीलाई बेरोजगार भत्ता दिने अखिल क्रान्तिकारीको घोषणा

हिमाल प्रेस २ चैत २०७९ १७:३०
विद्यार्थीलाई बेरोजगार भत्ता दिने अखिल क्रान्तिकारीको घोषणा

काठमाडौँ– नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी अध्यक्ष पन्चा सिंहसहित केन्द्रीय नेताहरूले घोषणा पत्र सार्वजनिक गरेका हुन्।

सार्वजनिक यातायात सेवामा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटलाई ५० प्रतिशत बनाउने, स्नातकोत्तर गरेको विद्यार्थीहरू बेरोजगार भएमा राज्यले अनिवार्य बेरोजगार भत्ता दिने व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ।

राजनीति भागबण्डाको आधारमा नियुक्ति बन्द गर्ने, प्रमाण पत्र धितो राखी कम ब्याजदरमा ऋण प्राप्त गर्ने नीति कार्यन्वयन गर्ने पनि घोषणा पत्रमा भनिएको छ।

स्ववियु निर्वाचन चैत ५ गते हुन गइरहेको छ।

यस्तो छ घोषणा पत्र:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =