नक्कली नोटसहित दुई पक्राउ

हिमाल प्रेस २ चैत २०७९ १०:१८
2
SHARE
नक्कली नोटसहित दुई पक्राउ सांकेतिक तस्बिर।

झापा- नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरिया छन्।

जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले उनीहरुलाई बुधबार लागु औषध र नक्कली नोटसहित घरबाटै पक्राउ गरेको हो।

उनीहरूको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद भएको छ।

त्यस्तै, मोबाइल, एम्पुल लागु औषधहरु, विभिन्न ११ देशका नोटहरु पनि बरामद भएको प्रहरीले जनाएके छ।

प्रकाशित: २ चैत २०७९ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =