विद्यार्थीलाई गणित सिकाउन ‘गणित पार्क’

हिमाल प्रेस ३० फागुन २०७९ १७:२७
4
SHARES
विद्यार्थीलाई गणित सिकाउन ‘गणित पार्क’

काठमाडौँ- विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा गणित (म्याथ) पार्कको सुरुवात गरिएको छ। गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले गणित पार्कको सुरुवात गरिएको हो।

बूढानीलकण्ठमा रहेको इम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको गणित पार्कको मंगलबार उद्घाटन गरिएको छ। पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर उक्त पार्कको मंगलबार उद्घाटन गरिएको हो। प्रमुख अतिथि विज्ञान प्रविधि सचिव प्रमिलादेवी बज्रचार्यले पार्कको उद्घाटन गरिन्।

गणित पार्कमा विद्यार्थीहरूले प्रयोगात्मकमार्फत रमाउँदै सिक्ने अवसर पाउनेछन्। गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न गणित पार्कको भूमिका रहनेछ।

साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफै म्याथ पार्कमा गणितका नयाँ कुराहरू सिक्ने र त्यसले कक्षा कोठाको शिक्षण सिकाईमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन । उनले साइन्स र म्याथप्रति विद्यार्थीको आर्कषण कम हुने गरेको भन्दै पार्कले विद्यार्थीलाई सहज हुने बताइन्।

मन्त्रालयले स्टिम शिक्षा सामग्री तयार पार्ने कार्य गरिरहेको जानकारी दिँदै पुरा भएपछि विद्यालयलाई वितरण गरेर त्यसबारे शिक्षकहरूलाई तालिम पनि दिने तयारी गरेको सचिव बज्राचार्यले बताइन्।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन्। म्याथबारे किताब र कक्षा कोठामा मात्रै पढाइने भन्दा पनि प्रयोग नै गरेर पढ्न पाउँदा शिक्षामा गुणस्तर कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो। अंग्रेजी जानी नजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए। ‘अंग्रेजी नजाने पनि बोल्ने प्रचलन छ,’ उनले भने, ‘तर गणित आउँदैन भन्ने र यसलाई महत्त्व नदिने गरेका पाइन्छ।’

पन्तले गणितबिना कुनै पनि अध्ययन पूरा नहुने र साइन्स, फिजिक्स्, कम्प्युटर साइन्स लगायतलाई अनिवार्य रहेकोले गणितको महत्त्व रहेको बताए। साथै विद्यार्थीलाई गणित सिकाइ कक्षा कोठामा मात्र नभई पार्कसँगै लगेर जोड्नुपर्ने बताए।

विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको म्याथ विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको बताइन । गणित विषय सबैका लागि कठिन हुने बताउँदै रमाइलो तरिकाले गणित पढ्न सहज होस भन्ने उद्देश्यले निर्माण गरिएको बताइन्।

कार्कीले आफ्ना विद्यार्थीले मात्रै नभएर निजी, सार्वजनिक जुनसुकै विद्यालयका विद्यार्थीहरूले पनि पार्कको अवलोकन गरेर गणित पढ्न सक्ने जानकारी दिइन्।

प्रकाशित: ३० फागुन २०७९ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =