सानिमा मिडिल तमोरको आईपीओ भर्ने आज अन्तिम दिन

हिमाल प्रेस ३० फागुन २०७९ ८:५२
2
SHARE
सानिमा मिडिल तमोरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ- सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।
लगानीकर्ताले आज फागुन ३० गते कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

हाइड्रोपावरले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५५ ९८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यसमध्ये १०५ ९४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिसकिएको छ। बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको छ।

सीडीएसका अनुसार फागुन २९ गतेसम्ममा १० लाख ६७ हजार ३३० जनाले १ करोड २५ लाख ४ हजार १५० कित्ताका लागि आवेदन दिएका छन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: ३० फागुन २०७९ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =