विप्लव र प्रकाण्डले भेटे झलनाथ, वामपन्थी एकताबारे छलफल

हिमाल प्रेस २८ फागुन २०७९ २१:११
12
SHARES
विप्लव र प्रकाण्डले भेटे झलनाथ, वामपन्थी एकताबारे छलफल

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लप’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच खनाल निवास डल्लुमा भेटघाट भएको छ।

नेताहरूबीच करिब दुई घण्टा भएको कुराकानीमा वर्तमान समयसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान गर्नका साथै कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी हुँदै गरेकोप्रति चिन्ता व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

आगामी दिनमा सबै बामपन्थीहरूबीचको वामएकताको सम्भावनाबारे पनि छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईले जनाए।

प्रकाशित: २८ फागुन २०७९ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =