लुम्बिनीमा प्रव्रज्या सुरु

हिमाल प्रेस २८ फागुन २०७९ १८:५३
8
SHARES
लुम्बिनीमा प्रव्रज्या सुरु

लुम्बिनी- बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम सुरु भएको छ। प्रत्येक वर्ष अल्पकालीन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरी प्रव्रज्या गर्ने गरिन्छ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजनामा आइतबार लुम्बिनीस्थित कोरियन विहारमा प्रव्रज्या सुरु गरिएको हो।

थाइ विहारका महास्थविर भिक्षु सुपोतले नेपालका विभिन्न जिल्लाबाट लुम्बिनी आएकाहरूलाई प्रव्रज्या (अल्पकालिन भिक्षु)का रूपमा स्वागत गरेका हुन्।

सो अवसरमा महास्थविर सुपोतले बुद्धधर्मको अनुयायी भएर अल्पकालीन भिक्षु बन्न तयार भएकाहरूलाई स्वागत गर्दै बुद्धको ज्ञान, बुद्धको सन्देश ग्रहण गर्न आग्रह गरे।

सो कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईको पनि सहभागिता थियो।

शनिबार काठमाडौँमा प्रव्रज्या गरिएको थियो। काठमाडौँ र लुम्बिनीमा गरी पाँच सय जनालाई प्रव्रज्या गराउने कार्यक्रम रहेको भिक्षु महासंघले जानकारी दिएको छ।

आगामी चैत २ गते बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पाँच सय जनाको प्रव्रज्या हुने संस्थाले जानकारी दिएको छ। प्रव्रज्याको समापन चैत १७ गते हुनेछ। लुम्बिनीमा प्रत्येक वर्ष प्रव्रज्या कार्यक्रम हुँदै आएको छ।

प्रकाशित: २८ फागुन २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =