काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ।
प्रकाशित: २७ फागुन २०७९ १०:१५
प्रतिक्रिया