राजधानीलाई गिज्याइरहेको बागमती [१५ तस्बिरमा]

हिमाल प्रेस २७ फागुन २०७९ १३:५२
34
SHARES
राजधानीलाई गिज्याइरहेको बागमती [१५ तस्बिरमा] ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल।

काठमाडौँ- बागमती नदी हिन्दु सनातनीको आस्थाको केन्द्र हो। हिन्दुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ। किराँत समुदायका लागि पनि बागमतीको आवश्यकता र औचित्य हिन्दुसमान छ।

नदी सभ्यतामा गर्विलो रहेको बागमती नदी अहिले ढलमती उपनामले परिचित छ। यसको कारण काठमाडौँवासीको लापरबाही र सरसफाइमा चासो नहुनु हो। ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहन सक्छौँ भन्ने मानसिकता काठमाडौँवासीमा छैन।

पछिल्लो समय बागमती सरसफाइ अभियानसँगै बागमतीमा केही कम फोहोर छ तर आममानिसको मनमस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय छैन।

ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ। सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक बासनासहित बग्नेछ। तर काठमाडौँवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन्।

काठमाडौँ उपत्यकाभित्र त बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौँ बाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा जोकोहीलाई वितृष्णा जाग्छ। सिनामंगल क्षेत्रमा सुकुमबासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको राजधानीलाई गिज्याउँछन्।

काठमाडौँ उत्तरबाहिनीस्थित बागमतीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट मिसाइएको ढल, कुपण्डोल यूएन पार्कनजिक भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाटमा थुपारिएको फोहोर, कुलेश्वर छेउको बागमती र सुकुमबासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ।

यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आमसर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ।

बल्खुस्थित बागमती नदीमा छाडा गाईगोरु।
माकलबारीमा बनाइएको अस्थायी पुल।
गोकर्णस्थित बागमती नदि किनारमा बनाइएको शौचालय।
उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली।
तीनकुने सुकुमबासी बस्तीका एक युवक बागमती किनारमा टोलाउँदै।
ललितपुर देवीचौर र काठमाडौँको छैमले बीचबाट बगेको बागमती नदी र फोहोरका कारण निस्केको फिँज।
बुङमती हुँदै बगेको बागमती।
कीर्तिपुर छेउबाट देखिएको बागमती नदी किनारको फोहोर।
कुलेश्वर छेउको बागमती र सुकुमबासी बस्ती।
कुपण्डोल बागमती नदि किनारमा लगाइएको तरकारी खेती।
बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर।
कुपण्डोल यूएन पार्कनजिक बागमती नदि किनारमा भत्केको बार।
सिनामंगल क्षेत्रमा सुकुमबासीले बनाएको टहरा।
चोभार नजिकबाट काठमाडौँ बाहिरिने क्रममा कालो बागमती नदी।
प्रकाशित: २७ फागुन २०७९ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =