काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।
हिजो (शुक्रबार) राष्ट्रपति पौडेलले गुहेश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए। आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ।
प्रकाशित: २७ फागुन २०७९ ९:१२
प्रतिक्रिया