समाज कल्याण परिषद्‍मा २० करोड भ्रष्टाचारको पुष्टि, सात जनालाई जरिवाना र कैद ताेकियाे

हिमाल प्रेस २५ फागुन २०७९ २०:०३
12
SHARES
समाज कल्याण परिषद्‍मा २० करोड भ्रष्टाचारको पुष्टि, सात जनालाई जरिवाना र कैद ताेकियाे

काठमाडौँ- विशेष अदालतले समाज कल्याण परिषद्‌मा भ्रष्टाचार भएको पुष्टि भएको भन्दै ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ।

विशेष अदालतले परिषद्का परिषद्को घोटालामा संलग्न बद्रीप्रसाद न्यौपाने, प्रमोद मेहता र कुञ्ज विहारीप्रसाद चौधरीसहितका ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको हो।

विशेष अदालतले भ्रष्टाचारमा संलग्न हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र रविन्द्र कुमारलाई पनि जरिवाना र कैद हुनुपर्ने फैसला गरेको छ।

सातै जनाले बदनियतपूर्वक समाज कल्याण परिषद्लाई २० करोड ७१ लाख ३४ हजार ८३० रुपैयाँ हानि नोक्सानी पुर्‍याएको पुष्टि भएको विशेष अदालतले जानकारी दिएको छ। उनीहरूलाई कैद सजायसहित जरिवाना र बिगोसमेत असुल गर्ने फैसला विशेष अदालतले गरेको हो।

न्यौपाने, मेहता, चौधरी र कुमारलाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम सजाय हुने भएको छ। चौधरीको मृत्यु भइसकेकाले निजबाट बिगो मात्र असुल उपर गर्ने फैसला गरिएको विशेष अदालतका उपरजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए।

फैसला अनुसार बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना तोकिएको छ। त्यस्तै त्यति नै रकम अर्थात् २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा बिगोसमेत थप ६ महिना कैद गर्ने फैसला विशेषले गरेको छ।

त्यस्तै मेहतालाई ८ वर्ष कैद २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना तोकिएको छ। त्यति नै रकम बराबर बिगो तोकिएका उनलाई थप ६ महिना कैद तोकिएको विशेषले बताएको छ।

त्यसैगरी चौधरीलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै रकम बिगोको फैसला गरिएको छ ।

न्यौपानेलाई ८ वर्ष कैद, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो तोकिएको छ। त्यस्तै शर्मा, कर्ण र कुमारलाई पनि ८ वर्ष कैदका साथै २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना तथा त्यति नै रकम बिगो कामय गरिएको छ। कुमारलाई थप ६ महिना कैद गरिने पनि विशेषले बताएको छ।

अर्का प्रतिवादी रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरीवाना र त्यति नै बिगो असुल गर्ने विशेषको भनाइ छ।

विशेष अदालतले टेकबहादुर गुरुङलाई मतियार ठहर गर्दै १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवाना तोकेको छ।

प्रकाशित: २५ फागुन २०७९ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =