नेप्से परिसूचक वृद्धि

हिमाल प्रेस २५ फागुन २०७९ १६:१६
2
SHARE
नेप्से परिसूचक वृद्धि

काठमाडौँ- सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.०४ अंकले बढेको हो। बिहीबार नेप्से २००२.७० अंकमा पुगेको छ।

ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ९.२७ अंकले बढेर तीन सय ७९.५० मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्य नै बिहीबार वृद्धि भएको छ।

विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता सेयर एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब एक अर्ब ३१ करोड ७२ लाख ३८ हजार दुई सय २२ रुपैयाँ पुगेको छ। बैंकहरूले आगामी चैतदेखि ब्याज घटाउने भएपछि त्यसको असर सेयर बजारमा परेको आकलन गरिएको छ।

प्रकाशित: २५ फागुन २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =