प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा

हिमाल प्रेस २५ फागुन २०७९ ११:१९
30
SHARES
प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ। २०७६ माघ १ गते द्वन्द्वकालमा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएपछि प्रचण्डविरुद्ध अदालतमा रिट परेको थियो।

रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ। रिट पेसी सूचीको ‘घ’नम्बरमा छ। रिट निवेदकहरूले प्रचण्डलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। सुरुमा प्रचण्डविरुद्धको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरिदिएको थियो। गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले दरपीठ आदेश बदर गरी रिट दर्ताको आदेश दिएको थियो।

आदेशअनुसार नै मंगलबार रिट दर्ता भएको थियो।

प्रकाशित: २५ फागुन २०७९ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =