मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

हिमाल प्रेस २५ फागुन २०७९ ७:१४
2
SHARE
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–९ स्थित इन्द्रेणी चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा शंखरापुर नगरपालिका–७ बस्ने ५० वर्षीय पवनलाल श्रेष्ठ र शंखरापुर–९ घर भएका २१ वर्षीय अनिश खड्का छन्। श्रेष्ठ बा।९४ प ४४९८ नम्बरको मोटरसाइकलमा थलीबाट साँखुतर्फ जाँदै थिए। अनिश खड्का बा८२ प ८३५७ नम्बरको मोटरसाइकलमा थलीतर्फ आउँदै थिए ।

अनिशभन्दा पछाडिबाट आउँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ। तर, प्रत्यक्षदर्शीले टिपर पछाडि नै रहेको जिकिर गरेका छन्। घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ। टिपर चालक फरार छन्।

प्रकाशित: २५ फागुन २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =