काठमाडौँमा होली [फोटो फिचर]

दिपेश श्रेष्ठ २२ फागुन २०७९ १४:५१
66
SHARES
काठमाडौँमा होली [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा सोमबार फागु पूर्णिमा (होली) मनाइएको छ। रंगहरूको पर्व फागु एकअर्कालाई रंग लगाइदिएर मनाइएको हो।

काठमाडौँको वसन्तपुरलगायत विभिन्न क्षेत्रमा होली विशेष कार्यक्रम आयोजना गरिएको छ।

यहाँको होलीमा नेपालीहरूसँगै विदेशीहरू पनि रमेका छन्। फागुन १५ गते वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली विधिवत रुपमा सुरु भएको थियो। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। नेपालको तराइ क्षेत्रमा भने मंगलबार होली मनाइनेछ।

प्रकाशित: २२ फागुन २०७९ १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =