ओखलढुंगामा जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ पठाइयो

हिमाल प्रेस २१ फागुन २०७९ १७:२९
14
SHARES
ओखलढुंगामा जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ पठाइयो सांकेतिक तस्बिर।

ओखलढुंगा– ओखलढुंगामा जिप दुर्घटनामा परी घाइतेभएका १० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो।

दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका-३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा २ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक केसीले बताए।

उनका अनुसार नेपाली सेनाको हेलिकप्टरबाट चिशंखुगढी गाउँपालिका-२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका-१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उनका २ वर्षीय छोरा विनय धमला, चिशंखुगढी-३ की चार वर्षीया लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया तीर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

उद्धार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ। अधिकांश घाइतेहरुको टाउको र अनुहारमा गहिरो चोट लागेको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको मोलुङ गाउँपालिका-१ की ३५ वर्षीय जानुका धमला र उनका ४ वर्षीय छोरा कोशिस धमलाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको हो।

आइतबार बिहान खानीभञ्ज्याङबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको गरेको ना. १ ज ८४७३ नम्बरको बोलेरो जिप दियालेमा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको थियो। दुर्घटनामा चिशंखुगढी-३ का ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको छ।

बोलेरो जिपमा चालकसहित १४ जना सवार थिए। जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =