साताको पहिलो कारोबार दिन घट्यो नेप्से

हिमाल प्रेस २१ फागुन २०७९ १६:४८
2
SHARE
साताको पहिलो कारोबार दिन घट्यो नेप्से

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ३०.७७ अंकले घटेको छ। नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ बिन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइतबार सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले घटेको छ। फ्लोट इन्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७६ अंकले घटेको छ।

आइतबार कारोबारमा भएका २५९ कम्पनीको ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। गत साताको अन्तिम कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। जलविद्युत, लघुवित्त र होटल तथा पर्यटन, उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। वित्त, लगानी, जीवन बीमा, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित: २१ फागुन २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =