वसन्त बोलाउँदै भृकुटीमण्डपमा आरुका फूल[फोटो फिचर]

दिपेश श्रेष्ठ २१ फागुन २०७९ १६:०३
18
SHARES
वसन्त बोलाउँदै भृकुटीमण्डपमा आरुका फूल[फोटो फिचर]

काठमाडौँ– वसन्त ऋतु सुरु हुनै लाग्दा काठमाडौँस्थित भृकुटीमण्डपमा आरुका फूलहरू ढकमक्क फुलेका छन्। भृकुटीमण्डपमा आउने स्थानीयवासीदेखि काठमाडौँ घुम्न विभिन्न जिल्लाबाट आएकाहरू यतिबेला आरुको फूलको सौन्दर्यमा रमाइरहेका देखिन्छन्।

विदेशी पर्यटहरू पनि फूलसँगै रमाइरहेका भेटिन्छन्।  नेपालमा चैत-वैशाखमा वसन्त ऋतु सुरु हुने भए पनि काठमाडौँमा मध्यफागुनदेखि नै आरु फुल्ने गर्छ।

बढ्दो सहरीकरणसँगै काठमाडौँमा प्राकृतिक वनस्पतिहरू मासिँदै गएपछि यसले पर्यावरणमा असर पार्ने विज्ञहरू बताउँछन्।

बोटबिरुवा संरक्षणमा सरकारी निकायहरूले ध्यान नदिँदा काठमाडौँका धेरै ठाउँमा रहेका बोट विरुवाका साथै चराचुरुंगीहरूको जीवनसमेत संकटमा परेको छ।

प्रकाशित: २१ फागुन २०७९ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =