स्ववियु निर्वाचन पनि गठबन्धनमै

हिमाल प्रेस २० फागुन २०७९ २१:१८
8
SHARES
स्ववियु निर्वाचन पनि गठबन्धनमै

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले गठबन्धन गर्ने भएका छन्।

स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धन दलका भातृसंगठनबीच पनि सहकार्य गरेरै चुनावमा जाने सहमति भएको हो। अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, र समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ दलका भातृ संगठनबीच सहकार्य गरेरै चुनावमा जाने सहमति भएको बताइन्।

शुक्रबार (फागुन १९ गते) स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले क्याम्पसमा नाम दर्ता गराएका छन्। ती विद्यार्थी संगठनले छुट्टाछुट्टै संगठनको नाम दर्ता गराएका हुन्।आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनावको तयारी गरिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार (फागुन २१ गते) मतदाता सूची प्रकाशन गरिनेछ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन तालिका छ। निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तय गरिएको छ। रासस

प्रकाशित: २० फागुन २०७९ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =