मुस्ताङमा विश्वविद्यालय खाेल्ने प्रस्ताव चीनविरुद्ध : ओली

हिमाल प्रेस २० फागुन २०७९ १५:४४
14
SHARES
मुस्ताङमा विश्वविद्यालय खाेल्ने प्रस्ताव चीनविरुद्ध : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन्।

शनिबार स्थानीय तह कर्मचारी संघको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेको ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने प्रस्ताव स्वीकार गरेर प्रचण्ड सरकारले गद्दारी गरिरहेको आरोप लगाएका हुन्।

मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी ओलीले गरे। मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज पचाएको ओलीको आरोप थियो।

भारतलाई खुसी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीको चेकजाँच गर्नु नपर्ने आदेश दिएको प्रति ओलीले आपत्ति व्यक्त गरे। नेपालीहरू मारेर भए पनि विदेशीहरूलाई खुसी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको दाबी छ।

अहिलेको सरकारले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजेको ओलीको भनाइ छ। ‘कतिपय राष्ट्रिय विषयहरू, त्यो राष्ट्रिय विषय मुस्ताङमा विश्वविद्यालय भनेको के हो?,’ उनले प्रश्न गर्दै भने, ‘मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो।’

मुस्ताङमा विश्वविद्यालय खोल्न प्रचण्ड सरकारले २०३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजेको ओलीको भनाइ थियो। ‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ?,’ उनले भने, ‘विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो। विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो। त्यहाँको युरेनियम छ, त्यसमा ध्यान दिएको हो।

प्रकाशित: २० फागुन २०७९ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =