‘अति कम विकसित मुलुक’को शिखर सम्मेलनमा सम्बोधन गर्दै उपप्रधानमन्त्री

हिमाल प्रेस २० फागुन २०७९ १२:४४
8
SHARES
‘अति कम विकसित मुलुक’को शिखर सम्मेलनमा सम्बोधन गर्दै उपप्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज ‘अति कम विकसित मुलुक’को शिखर सम्मेलनमा सम्बोधन गर्दै छन्।

समूहको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन शुक्रबार कतारको दोहा प्रस्थान गरेका मन्त्री श्रेष्ठले वर्तमान अध्यक्ष राष्ट्र मलावीको संयोजकत्वमा हुने शिखर सम्मेलनमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो सम्मेलनबाट नेपालले समूहको अध्यक्षता ग्रहण गर्नेछ। सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद डा श्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र अन्य अधिकारी दोहा पुगेका छन्।

दोहामा मन्त्री श्रेष्ठले सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुका साथै विभिन्न देश तथा संघसंस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
उनले प्रवासी नेपाली संघसंस्थाका प्रतिनिधिसँगपनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
दोहा भ्रमणमा पुगेको टोली फागुन २३ गते स्वदेश फर्किनेछ।

प्रकाशित: २० फागुन २०७९ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =