जनमोर्चा निकट विद्यार्थी संगठनले लगायो सिद्धार्थ क्याम्पसमा ताला

हिमाल प्रेस २० फागुन २०७९ ८:५०
2
SHARE
जनमोर्चा निकट विद्यार्थी संगठनले लगायो सिद्धार्थ क्याम्पसमा ताला

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को चुनावमा संगठन दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं) ले बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा तालाबन्दी गरेको छ।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आजसम्म संगठन दर्ताको तालिका थियो। त्रिविले जारी गरेको तालिका अनुसार ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय रहेकोमा २ बजे जाँदा नमानेपछि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको अखिल (छैठौं)का इकाई अध्यक्ष समिर पोखरेलले बताए।

त्रिविको निर्देशन विपरित सिद्धार्थ क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयले दर्ता गर्न नमानेको उनको भनाइ छ।
सिद्धार्थ गौतम बुद्धका क्याम्पस प्रमुख विष्णु रानाले भने समय पर्याप्त हुँदा पनि दर्ता गर्न नआएको बताए। ३ बजेसम्म भनेर टियुले आंगिक क्याम्पसहरुलाई पत्र पठाएको हो।

प्रकाशित: २० फागुन २०७९ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast