काठमाडौँ- सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक हाल कायम रहेको प्रतिलिटर मूल्य ५६ बाट बढाएर ६५ रुपैयाँ कायम गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार अब किसानले प्रतिलिटर ६५ रुपैयाँ पाउनेछन्।
प्रकाशित: १९ फागुन २०७९ १८:४६
प्रतिक्रिया