सुवास नेम्वाङ र प्रधानमन्त्रीबीचको छलफल सकारात्मक : योगेश भट्टराई

हिमाल प्रेस १९ फागुन २०७९ १५:१०
24
SHARES
सुवास नेम्वाङ र प्रधानमन्त्रीबीचको छलफल सकारात्मक : योगेश भट्टराई

काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन्।

भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताएको लोसपा नेता राजेन्द्र महतोले बताए।

उनले आफू ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताए।

‘हामी ८ दलीय गठबन्धनमा सहभागी छौँ। र पनि उनले आग्रह गर्नुभएको छ। हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ,’ उनले भने।

भेटपछि नेकपा एमाले सचिव भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए। उनले राष्ट्रपतिजस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने बताए।

‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो। संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ। बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उनहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ,’ उनले भने।

उनले माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छौं यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेको योगेश भट्टराईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =