यस्तो छ ‘नाईं नभन्‍नू ल ६’ को टिजर

हिमाल प्रेस १९ फागुन २०७९ १४:४६
10
SHARES
यस्तो छ ‘नाईं नभन्‍नू ल ६’ को टिजर

काठमाडौँ– फिल्म ‘नाईं न भन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ। बिहीबार ओएसआर युट्युब च्यानलबाट टिजर सार्वजनिक भएको हो।

१ मिनेट २५ सेकेन्ड लामो टिजरमा फिल्म त्रिकोणत्मक प्रेम कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ।

भिडियोमा आँचल शर्मा, आशिर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारीलगायत कलाकारहरूको फिचर्ड छ। विकासराज आचार्यको निर्देशन रहेको फिल्म आगामी वैशाख १ गते प्रदर्शन हुनेछ।

वैशाख १ गते उपेन्द्र सुब्बा निर्देशित ‘जारी’, प्रवेश पौडेलको निर्देशनमा बनेको ‘बिहे पास’ लक्ष्मण सुनारको निर्देशन रहेको ‘बुलाकी’ एकसाथ प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १९ फागुन २०७९ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =