अनुपम मलमा नयाँ हल सञ्चालनमा

हिमाल प्रेस १९ फागुन २०७९ १३:४२
14
SHARES
अनुपम मलमा नयाँ हल सञ्चालनमा

काठमाडौँ- सितापाइलास्थित अनुपम मलमा ‘सिके सिनेमाज्’ सञ्चालनमा आएको छ। सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता छ। करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए।

बिहिबार हल सञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फुलबारी देखाइएको थियो। दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन्।

नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ।

सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ का संघिय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए। प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरिएको थियो।

प्रकाशित: १९ फागुन २०७९ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =