नेम्वाङलाई लोहनीले भने- राष्ट्रपतिमा सघाउनेबारे चाँडै निर्णय गर्छौं

हिमाल प्रेस १८ फागुन २०७९ २०:२३
18
SHARES
नेम्वाङलाई लोहनीले भने- राष्ट्रपतिमा सघाउनेबारे चाँडै निर्णय गर्छौं

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनका विषयमा धारणा तय गर्ने जनाएको छ।

बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङलगायतसँगको भेटका क्रममा राप्रपाका नेताहरूले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताएका हुन्।

भेटका क्रममा एमाले नेताहरूले राष्ट्रपतिमा नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। भेटपछि एमाले नेतृ विद्या भट्टराईले राप्रपाका नेताहरूसँग सकारात्मक रूपमा कुरा भएको र फागुन २४ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने जानकारी पाएको बताए।

यस्तै राप्रपा नेता डा. प्रकाश चन्द्र लोहनीले एमालेसँग सौहार्दपूर्ण तरिकाले कुराकानी भएको र केन्द्रीय कार्यसमितिले नै राष्ट्रपतिको विषयमा निर्णय गर्ने बताए।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले आफ्ना उम्मेदवारको पक्षमा विभिन्न दलसँग मतदान गर्न आग्रह गरेको हो।

प्रकाशित: १८ फागुन २०७९ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =