पाँचौं सृजना कप : छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरूपा फाइनलमा

हिमाल प्रेस १८ फागुन २०७९ १८:३४
8
SHARES
पाँचौं सृजना कप : छात्रातर्फ शान्ता र कन्या तथा छात्रतर्फ राष्ट्रिय र ब्रम्हरूपा फाइनलमा

पोखरा– पाँचौं सृजना कपमा छात्रातर्फ साविक विजेता शान्ता मावि र कन्या मावि फाइनल प्रवेश गरेका छन्। छात्रतर्फ राष्ट्रिय मावि र ब्रम्हरूपा माविबीच उपाधि भिडन्त हुने भएको छ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा बिहीबार छात्रातर्फ पहिलो सेमिफाइनलमा शान्ताले जनप्रियलाई २५-१७, २२-२५ र २५-१७ सेटमा पराजित गरेको हो।

कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनलमा कन्या सोझो सेटमा विजयी हुँदै उपाधि नजिक पुगेको हो। जसमा २५-८ र २५-८ सेट निस्केको थियो।

छात्रतर्फ राष्ट्रिय र जनप्रियबीच पहिलो सेमिफाइनलमा राष्ट्रियले २५-१२ र २५-१९ सेटमा हराएको हो। दोस्रो सेमिफाइनल ब्रम्हरूपा र शान्ता माविबीच भएकोमा ब्रम्हरूपा खेल जित्दै फाइनल पुगेको हो।

जसमा २५-२०, १८-२५ र २५-२२ गरी २-१ सेटमा हराएको हो। छात्रतर्फ फाइनल शुक्रबार मध्यान्ह १२ बजे हुनेछ। त्यसअघि छात्रातर्फको फाइनल तथा तेस्रो स्थानका खेल हुने रेफ्री संयोजक गोपाल थापाले बताए।

बिहीबार नै छात्रतर्फ प्रिक्वाटरमा जनप्रियले राष्ट्रिय माविलाई २-१ सेटमा हराउँदै मेश्रम वराहसँग चौथो क्वारफाइनल खेलेको हो। जसमा जनप्रियले मेश्रमलाई २-१ सेटमा पराजित गरेको थियो।

गोगनले सीतारामलाई २-१ सेटमै पाखा लगाउँदै राष्ट्रिय माविको दोस्रो टिमसँग पहिलो क्वारफाइनल सुनिश्चित गरेको थियो। तर राष्ट्रिय माविले गोगनको चुनौती २५-१६, १८-२५ र २५-२२ पन्छाउँदै सेमिफाइनल पुगेको थियो।

यस्तै प्रिक्वार्टरमै ब्रम्हरूपाले वाराहीलाई सोझो सेटमा हराउँदै भगवतीसँग तेस्रो क्वाटरफाइनल खेलेकोमा सोझो सेटमा जीत निकाल्दै अन्तिम चारमा पुगेको थियो।

तालवाराहीले शान्तालाई दोस्रो क्वार्टरफाइनलमा २५-१८, २७-२५ मा हराए पनि प्रोटेस्ट परेपछि शान्ता अन्तिम चारमा पुगेको हो। सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले विद्यार्थीको भलिबल प्रतिभा प्रष्फुटनमा प्रतियोगिताले सघाउ पुगेको बताउँछन्।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ। उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए। छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका हुन्।

प्रकाशित: १८ फागुन २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =