शेरबहादुर देउवाले भने : रामचन्द्रलाई केही दिएन भन्थे अब उहाँलाई राष्ट्रपति बनाउँदै छौँ

'प्रचण्डको आँट र माधव नेपालले छाती चौडा गर्दा गठबन्धन ब्युँतियो'

हिमाल प्रेस १८ फागुन २०७९ १६:२१
70
SHARES
शेरबहादुर देउवाले भने : रामचन्द्रलाई केही दिएन भन्थे अब उहाँलाई राष्ट्रपति बनाउँदै छौँ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही पद दिएन भन्ने गुनासो गर्नेहरूलाई जवाफ फर्काएका छन्। आज बिहीबार आठ दलीय गठबन्धनद्वारा आयोजित राष्ट्रपति निर्वाचन विशेष अभिमुखीकरण कार्यक्रममा देउवाले केही दिएन होइन अब राष्ट्रपति बनाउँदैछौँ भन्ने जवाफ फर्काएका हुन्।

देउवाले भने, ‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो। अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौँ।’ देउवाले पौडेल राष्ट्रपति पदको उपयुक्त पात्र भएको पनि बताए।

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छाती चौडा बनाएकोले गठबन्धन ब्युँताउन सफल भएको पनि बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनावअघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताएका छन्।

प्रकाशित: १८ फागुन २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =