नेप्से लगातार ओरालो, बिहीबार २६.४७ अंकले घट्यो

हिमाल प्रेस १८ फागुन २०७९ १५:३४
4
SHARES
नेप्से लगातार ओरालो, बिहीबार २६.४७ अंकले घट्यो

काठमाडौँ– चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजार लगातार ओरालो लागिरहेको छ। पछिल्लो १५ कारोबार दिनमा मात्रै नेप्से परिसूचक २०८ अंकले घटिसकेको छ।

बिहीबार परिसूचक २६.४७ अंकले घटेको छ। बिहीबार कारोबार भएकामध्ये १९४ कम्पनीको मूल्य घटेको छ। १९ कम्पनीको मूल्य सामान्य अंकले बढ्दा ३ कम्पनीको मूल्य स्थिर रह्यो।

बिहीबार २५६ कम्पनीको ३६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार सबै उपसमूहको सूचक घटेको छ। कारोबार रकमका हिसाबले हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा छ। बिहीबार हिमालयनको ८ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: १८ फागुन २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =