नेप्से २४.४४ अंकले घट्यो

हिमाल प्रेस १७ फागुन २०७९ १७:२१
2
SHARE
नेप्से २४.४४ अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरा अंकले घटेको छ। ब्ुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा रोकिएको छ।

नेप्से परिसूचक करिब दुई महिनापछि २ हजार अंकभन्दा तल झरेको हो। बुधबार २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर २६ हजार चार सय ५४ पटक खरिद–बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १५६ दशमलव ८१ र उत्पादन समूहको उपसूचक १११ दशमलव २० अंकले घटेको छ। बैंकिंङ समूह ७.६३, विकास बैंक ५१.४५, वित्त समूह १०.५७, होटल तथा पर्यटन समूह ४७.०७ र जलविद्युत् समूह ३४.९५ अंकले घटेकोछ।

त्यस्तै लघुवित्त समूहको उपसूचक १०४.६७ र निर्जीवन बीमा समूहको उपसूचक ९७.६२ अंकले घटेको छ। लगानी समूह शून्य दशमलव ५६, म्युचुअल फन्ड शून्य दशमलव ११, व्यापार समूह २७.७१ र अन्य समूह १९.११ अंकले घटेको छ।

प्रकाशित: १७ फागुन २०७९ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =