आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ

हिमाल प्रेस १७ फागुन २०७९ १५:१५
162
SHARES
आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाका दुई कर्णेल पक्राउ जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाका दुई जना कर्णेल पक्राउ परेका छन्। आर्थिक अनियमितता गरेको आरोपमा सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि छानबिन भइरहेको बेला कर्णेलद्वय महेन्द्र शाह र कुलदीप तिम्सिना पनि पक्राउ परेका हुन्।

उपरथी शाहीलाई ‘कोर्ट अफ इन्क्‍वाइरी’को प्रतिवेदनपछि सैनिक मुख्यालयले अनियमितता गरेको ठहर गरिसकेको छ। शाहीमाथि अनुसन्धान गर्न सैनिक अदालत ‘सैनिक अदालत’ पनि गठन गरिसकेको छ।

‘प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको विषयमा सैनिक अदालत गठन भइकेको छ। सोही अदालतले उहाँहरूलाई पनि अदालतमा उपस्थित हुनु भनेपछि उहाँहरू अदालत उपस्थित हुनु भएको हो’ नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले हिमालप्रेससँग भने।

यो मुद्दाको अन्तिम टुंगो सैनिक अदालतले लगाउनेछ।

प्रकाशित: १७ फागुन २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =