काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ। आज बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजनीतिक निर्वाचनलगायतका विषयमा छलफल हुनेछ।
प्रकाशित: १७ फागुन २०७९ १२:२३
प्रतिक्रिया