बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १७ फागुन २०७९ ८:२२
4
SHARES
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ सांकेतिक तस्बिर।

काभ्रे- बैकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोक पनौति नगरपालिका-५ स्थायी वतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ फागुन २०७९ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =