‘हल्कारा’को टिजर सार्वजनिक

हिमाल प्रेस २६ फागुन २०७९ १०:०७ | Friday, March 10, 2023
‘हल्कारा’को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘हल्कारा’को टिजर सार्वजनिक भएको छ। फिल्म आगामी वैशाख २९ मा प्रदर्शनमा आउनेछ। फिल्ममा महेश त्रिपाठी र विनिता थापामगर मुख्य भूमिका रहेका छन्। टिजरमा मनोज र विनितालाई देख्न सकिन्छ।

लेखन र निर्देशन विक्रम सापकोटाको रहेको छ। अमेरिकामा बसोबास गर्दै आएका सापकोटा निर्देशित फिल्ममा गाउँमा चिठी पु¥याउने हल्काराको कथा छ।

अमेरिकाका विभिन्न फेस्टिभलमा ‘हल्कारा’ पुरस्कृत भइसकेको छ। अमेरिकाको ‘वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिल्म घोषित भएको थियो। त्यस्तै महेश त्रिपाठीले फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

फिल्ममा महेश र विनिताबाहेक उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २६ फागुन २०७९ १०:०७ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast