हर्क साम्पाङविरुद्ध आन्दोलन गर्ने वडाध्यक्षहरूको चेतावनी

हिमाल प्रेस ५ चैत २०७९ १९:०२ | Sunday, March 19, 2023
हर्क साम्पाङविरुद्ध आन्दोलन गर्ने वडाध्यक्षहरूको चेतावनी

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडासदस्यहरूले आन्दोलनमा जाने चेतावनी दिएका छन्।

वडा सदस्यहरूबीच सहमति नै नगरी एकलौटी निर्णय गरेको, बजेट र योजनामा बहुमत सदस्यहरूको माग सम्बोधन नगरेको, निजी सचिवालयको कर्मचारीको पदीय जिम्मेवारी र क्षेत्राधिकार मिचेर अधिकार दिएको, सेवाग्राहीहरूको अपमान गरेको भन्दै बहुमत वडासदस्यहरूले मेयर साम्पाङको कार्यशैलीप्रति आलोचना गरेका हुन्।

बहुमत वडाध्यक्षहरूलगायत धरान कार्यपालिका सदस्यहरूले संयुक्त हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गर्दै मेयरले २४ घण्टाभित्र क्षमायाचना नगरे आफूहरू चरणबद्ध रूपमा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

मेयरको कार्यशैलीले धरान उपमहानगरपालिका जनप्रतिनिधिहरूको कार्यालय नभएर राणा शासकहरूको अड्डा भएको पनि उनीहरूले आरोप लगाएका छन्।

मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले उपमहानगरपालिकाको लेटरप्याडमार्फत वडाध्यक्षहरूलाई निर्देशन दिएको कार्यले आफूहरूको अवमूल्यन भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ चैत २०७९ १९:०२ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast