स्वर्णिम वाग्लेलाई सहयोग गर्न तनहुँका दुई नेताले छाडे कांग्रेस

हिमाल प्रेस १७ चैत २०७९ २०:०३ | Friday, March 31, 2023
स्वर्णिम वाग्लेलाई सहयोग गर्न तनहुँका दुई नेताले छाडे कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेस तनहुँका दुई नेताले पार्टी परित्याग गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी जिल्ला सदस्य केशवनाथ खनाल र आँबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थले कांग्रेस परित्याग गरेका हुन्।

उनीहरूले बिहीबारमात्रै कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका अर्थविद्‌ डा.स्वर्णिम वाग्लेलाई उपनिर्वाचनमा सहयोग गर्ने गरी पार्टी छोडेको बताएका छन्। पार्टीमा सिद्धान्तभन्दा व्यक्ति हाबी भएको आरोप पनि उनीहरूले लगाएका छन्। यसअघि भानु नगरपालिकाका पार्टी उपसभापति श्याम जिसीसहितका नेताले पनि कांग्रेस छोडेको घोषणा गरिसकेका छन्।

वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दैछन्।

प्रकाशित: १७ चैत २०७९ २०:०३ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast