स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘कोष संकलन’ कार्यक्रम सम्पन्न

हिमाल प्रेस ८ चैत २०७९ १८:१४ | Wednesday, March 22, 2023
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘कोष संकलन’ कार्यक्रम सम्पन्न

काठमाडौँ- स्ट्याण्डर्ड चार्टर्ड बैंकले भविष्य बनाउनेहरूका लागि ‘कोष संकलन’ कार्यक्रम गरेको छ। बैंकले कर्मचारी कोष संकलन कार्यक्रम गरेको हो।

कार्यक्रममा दुई सय जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमबाट संकलन गरिएको रकमले नेपालमा भविष्य बनाउने सम्बन्धी संस्थागत सामाजिक उत्तरदायित्व परियोजनाहरूमा प्रयोग गरिने बैंकले जानकारी दिएको छ।

कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले गरे। सो क्रममा उनले आगामी पुस्तालाई सिक्न, कमाउन र हुर्काउन र सशक्त बनाउन सहयोग पुर्‍याउने यस महान कार्यका लागि एकजुट भएकोमा कर्मचारीहरूलाई धन्यवाद दिए।

प्रकाशित: ८ चैत २०७९ १८:१४ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast