सुदन किरातीलाई सोबिताको जवाफ- पर्यटन क्षेत्रका लागि हवाई सेवा सुधारौं

हिमाल प्रेस १५ चैत २०७९ १५:०३ | Wednesday, March 29, 2023
सुदन किरातीलाई सोबिताको जवाफ- पर्यटन क्षेत्रका लागि हवाई सेवा सुधारौं

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्र सुरक्षित नभएको औंल्याएकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘नेपाल हवाई उड्डयन प्राधिकरणले नेपालको हवाइ क्षेत्रको नियमन र सेवाप्रदायक दुवै कामको जिम्मेवारी लिँदा हवाई सेवामाथि प्रश्‍न उठेको छ। हावाई सेवा पनि आफैं दिने अनि नियमन पनि आफैंले गर्दा नेपालजस्तो वर्किङ कल्चर नबसिसकेको देशमा हवाई क्षेत्रमाथि धेरै प्रश्न उठेको छ,’ उनले भनिन्।

बिहानमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्छ? भन्दै राय माग्दै स्टाटस लेखेकाले उनले जवाफ दिँदै भनिन्,’नेपालको पर्यटन क्षेत्र सुधार्न पहिलो कुरा त हवाई क्षेत्रमा नै सुधारको आवश्यक छ।’

मुस्ताङ र पोखरामा भएको जहाज दुर्घटनालाई उनले इंगित गर्दै दुर्घटनापछि बनाइने छानबिन समितिले प्रभावकारी काम गर्न नसकेको बताइन्।

प्रकाशित: १५ चैत २०७९ १५:०३ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast