सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रंगशालाको सरसफाइ

हिमाल प्रेस ५ चैत २०७९ १२:१६ | Sunday, March 19, 2023
सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रंगशालाको सरसफाइ

काठमाडौँ- चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको सरसफाइ गरेको छ। बिहीबार आईसीसी लिग टूअन्तर्गत नेपाल र यूएईबीच खेल भएको थियो। दर्शकको चापका कारण मैदान र आसपासको क्षेत्र फोहोर भएको थियो।

खेल हेर्न पुगेका दर्शकले सीजी फुड्सको उत्पादन वाईवाई अत्यधिक खपत गरेको कम्पनीले जनाएको छ। मैदान आसपास थुप्रिएका चाउचाउका खोल, पानीका बोतललगायत अन्य फोहोरलाई सीजी फुड्सको टोलीले सफा गरेको हो। ‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ सीजी फुड्सले विभिन्न सामाजिक क्रियाकलपका कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: ५ चैत २०७९ १२:१६ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast