 
                             
                                            काठमाडौँ- चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको सरसफाइ गरेको छ। बिहीबार आईसीसी लिग टूअन्तर्गत नेपाल र यूएईबीच खेल भएको थियो। दर्शकको चापका कारण मैदान र आसपासको क्षेत्र फोहोर भएको थियो।
खेल हेर्न पुगेका दर्शकले सीजी फुड्सको उत्पादन वाईवाई अत्यधिक खपत गरेको कम्पनीले जनाएको छ। मैदान आसपास थुप्रिएका चाउचाउका खोल, पानीका बोतललगायत अन्य फोहोरलाई सीजी फुड्सको टोलीले सफा गरेको हो। ‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ सीजी फुड्सले विभिन्न सामाजिक क्रियाकलपका कार्यक्रम गर्दै आएको छ।
                            प्रकाशित: ५ चैत  २०७९ १२:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 