सीके राउतले भने : बारा-२ छाड्दैनौँ

हिमाल प्रेस १५ चैत २०७९ १३:३८ | Wednesday, March 29, 2023
सीके राउतले भने : बारा-२ छाड्दैनौँ जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन्। बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहालाई पार्टी प्रवेश गराउँदै उनले आफ्नो पार्टीले कुशवाहालाई उम्मेदवार बनाउने बताएका हुन्।

उनले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारुढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा-२ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि आग्रह गरेका छन्। अध्यक्ष राउतले सत्यको पक्षमा लाग्न पनि बारा-२ को उपनिर्वाचनमा कुशवाहालाई जिताउनुको विकल्प नरहेको बताए।

बारा-२ मा जसपाबाट उपेन्द्र यादव लड्ने तय भएको छ।

माओवादी नेता कुशवाहा जनमत पार्टी प्रवेश, उपनिर्वाचनमा उपेन्द्र यादवसँग भिड्ने

प्रकाशित: १५ चैत २०७९ १३:३८ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast