सिभिल अस्पतालले माग्यो रजिष्ट्रारदेखि सवारी चालकसम्म (सूचनासहित)

हिमाल प्रेस ३० फागुन २०७९ ८:४२ | Tuesday, March 14, 2023
सिभिल अस्पतालले माग्यो रजिष्ट्रारदेखि सवारी चालकसम्म (सूचनासहित) फाइल तस्बिर।

काठमाडौँ- निजामती कर्मचारी (सिभिल) अस्पतालमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ।

अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो। यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ।

विज्ञापन खुलाइएका पदहरूमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ। निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ।

 

प्रकाशित: ३० फागुन २०७९ ८:४२ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast